हामी चीनवादी या भारतवादी होईनौ :प्रचण्ड - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

हामी चीनवादी या भारतवादी होईनौ :प्रचण्ड



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशमा नेपालवादी बन्ने युग सुरु भएका बताएका छन् ।

शनिबार राजधानीमा आयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्वि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी चीनवादी या भारतवादी होईनौ, अब नेपालवादी बन्ने युग सुरु भयो । हिजो कसैलाई भारतवादी, कसैलाइ चीनवादी भनियो । अब त्यो समय छैन । यसअघि राजामहाराजले केहिले भारतपरस्त कहिले कांग्रेस परस्त त कहिले चीन परस्त बनाएर नेपाल परस्त बन्ने वाताबरण बनेन या बन्न दिइएन । अब त्यो समयको अन्त भएको छ । अब नेपाली जनता र राष्ट्रलाई एकताबद्ध गर्ने राजनीति अब प्रो नेपाल बन्नु पर्छ ।’

विगतमा राजनीतिक दल वा नेतालाई भारत परस्त र चीन परस्त भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै उनले अबका दिनमा त्यस्तो आरोप प्रत्यारोपको वातावरण अन्त्य गर्नुपर्ने बताए । देशमा नयाँ युग शुरु भएपछि हाम्रा सोच, विचार र क्रियाकलाप तथा गतिविधि पनि परिवर्ति समय अनुकूल हुनु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अथिति प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन पत्र प्रधान गरेका थिए ।