हजारौं पर्यटक आउने घोडाघोडी तालमा छैन सुचना केन्द्र, किन चुक्यो पर्यटन बोर्ड ? - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

हजारौं पर्यटक आउने घोडाघोडी तालमा छैन सुचना केन्द्र, किन चुक्यो पर्यटन बोर्ड ?



प्रकाश मिश्र / सुखड ,कैलाली ।
कैलालीको  पर्यटकीय क्षेत्र घोडाघोडी घुम्न आउने पर्यटकको संख्या उलेख्य रुपमा बढ्दै गएको छ । तर नगरको करोडौ लगानी रहेको पर्यटकीय क्षेत्रमा सुचना केन्द्र नहुदा घोडाघोडीका बारेमा जान्न चाहनेलाइ धेरै समस्या हुने गरेको छ ।

२०७५ मा मात्र बैसाख र जेठमा गरेर करिब २० हजार पर्यटक आए घोडाघोडीमा करिब एकसय पर्यटक बिदेशी सहित यत्रो संख्यामा पर्यटक आउदा समेत अनिबार्य हुनुपर्ने सुचना केन्द्र स्थापना नहुदा पर्यटकहरुले खिन्नता ब्यक्त गर्ने गरेका छ्न ।

२०७४ बाट घोडाघोडी क्षेत्रमा प्रती ब्यक्ती ५ रुपैयाका दरले स्थानिय गैरसरकारी संस्था घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंचले उठाउदै आएको छ भने उस्ले मन्दिर क्षेत्र र ताल क्षेत्रलाइ छुट्याएर आवश्यक भौतिक निर्माण पनि गरेको छ । उस्ले सामान्य सुचना केन्द्र स्थापना गर्न खोजेपनी त्यहाँ पर्याप्त सुचना पाउन सक्ने स्थिती छैन । त्यहाँ सुचना दिने ब्यक्ती पनि छैन केही तस्बिरहरु दिवालमा टासिएका छ्न घोडाघोडी ताल क्षेत्रका । एउटा गैरसरकारी संस्थाको पहलमा यतिका क्रियाकलाप भइरहदा जनप्रतिनिधि निर्बाचित भएको १ बर्ष भैसकेको र घोडाघोडीको पर्यटन बिकाशका लागि बृहत् घोडाघोडी ताल तथा पर्यटन बिकाश बोर्ड गठ्न गरेको महिनौ दिन भैसक्दा पनि सुचना केन्द्र स्थापनामा ध्यान जान सकेको छैन ।

यसबिच बोर्डले केही नगरेको भने हैन उस्ले सरोकारवाला संग छलफल गर्यो तर त्यहा पनि शुल्क बढाउने कुरा प्राथमिकताका साथ उठ्यो तर सुचना केन्द्र स्थापनाका बारेमा फिटिक्कै कुरा निक्लिएन आखिर किन त ? २ महिनामा २० हजार पर्यटक आउने घोडाघोडी क्षेत्रमा सुचना केन्द्र स्थापना गर्न किन तत्परता देखाउदैन नगरपालिका ? अथवा केही महिना अघि गठन भएको बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरिलाइ हामिले सोध्यौ पर्यटक धेरै आइरहेका छ्न तर बोर्डले सुचना केन्द्र स्थापनाका लागि चासो नदिएको ? भनेर उन्ले भने त्यो सहि कुरा हो तर आगामी बर्सको कार्यक्रममा हामिले राखेका छौ अनि हामिले फेरि सोध्यौ यो त प्रमुख प्राथमिकतामा हुनुपर्ने कुरा हैन र ? भनेर फेरि उनले भने साच्चै हो तर यसपाली हामी चुक्यौ छिटो हुन सकेन काम अर्को आर्थिक बर्षको कार्यक्रममा हामिले राखेका छौ ।

हामिले फेरि सोध्यौ यो त प्रमुख प्राथमिकतामा हुनुपर्ने कुरा हैन र ? भनेर फेरि उनले भने साच्चै हो तर यसपाली हामी चुक्यौ छिटो हुन सकेन काम अर्को आर्थिक बर्षको कार्यक्रममा हामिले राखेका छौ ।

यसै बिषयमा जानकारी लिन हामिले बोर्डका पदेन सदस्य तथा घोडाघोडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष टेक बुढालाइ सोध्यौ के तपाइहरुको बोर्डले सुचना केन्द्र स्थापना लाई आगामी बर्सको योजनामा राखेर काम अघि बढाउने निर्णय गरेको हो त ? यस बिषयमा उनले आधिकारिक निर्णय नभएको अहिले सम्म कुनै गुरुयोजना नबनेको दाबी गरे तर सामान्य रुपमा कुराकानी गर्दा यसअघि जनजागरण मंचले बनाएको हललाइ ब्यवस्थित गर्ने कुरा भएको बताए ।

त्यस्तै बोर्डका अर्का पदेन सदस्य तथा घोडाघोडी नगरपालिका वडा नम्बर ८ अध्यक्ष भिम बोगटिले पनि सुचना केन्द्र स्थापनाको कुनै आधिकारिक निर्णय नभएको बताए । तर तारजाली गर्ने निर्णय भएको तर सुचना केन्द्रको कुनै निर्णय नभएको दोहोर्याए र अहिले सम्म कुनै वार्षिक योजना नबनेको समेत बताए ।

सुचना केन्द्र समेत नहुदा पर्यटकलाइ धेरै समस्या परेको पर्यटकहरुको पनि गुनासो छ । घोडाघोडी घुम्न आएका मोरङको सुन्दर हरैचा नगरपालिकाका होम खनालले सुचना केन्द्र नभएका कारण घोडाघोडिका बारेमा जानकारी लिन समस्या भएको बताए । त्यस्तै धनगढी बाट घोडाघोडी घुम्न आएका काजिराम चौधरिले पनि सुचना केन्द्र स्थापना गर्नु अति आवश्यक रहेको बताए ।

सुचना केन्द्र स्थापनाका विषयमा बोर्डका पदाधिकारी र सदस्यको फरक फरक भनाइ आउनुले पनि कुनै पहल कदमी नभएको स्पष्ट देखिन्छ । उपाध्यक्ष दयाराम चौधरिले वार्षिक कार्ययोजना बनाएको जिकिर गरिरहदा सदस्य टेक बुढा र भिम बोगटिले त्यस्तो कुनै आधिकारिक निर्णय नभएको बताएका हुन ।