हजार अनुहार शहरमा(भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

हजार अनुहार शहरमा(भिडियो सहित)



नेपाली साङ्गीतिक क्षेत्रमा हाङ्युग अज्ञातको  ‘हजार अनुहार शहरमा ‘यो नयाँ कोशेली त होइन किन कि यस अगाडी नै उहाँका थुप्रै गीतहरू बजारमा आइ सकेका छन्  । तथापि यो गीतका शब्दहरू निकै सुन्दर लेख्नु भएको छ कवि एवम् साहित्यकार हाङ्युग अज्ञातले ।

गीत सुन्दा निकै पृथकता आभास हुन्छ हर कोहीलाई ।चर्चित सङ्गीतकार दिनेश सुब्बाको मिठो सङ्गीत र गायिका अनुपमा प्रधानको जादुमय स्वर पाउँदा साँच्ची शब्दहरूले जीवन पाएका छन् भन्दा अन्यथा नहोला  ।

बिशेषत: प्रवासमा रहेर पनि नेपाली साहित्य र सङ्गीतका क्षेत्रमा अनबरत लागिरहनुहुने स्रष्टाहरूलाई हार्दिक बधाई तथा शुभकामना ।