फिल्म ‘हैरान’ को नयाँ गीत सार्वजनिक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फिल्म ‘हैरान’ को नयाँ गीत सार्वजनिक



भोली बाट सोलो रिलिज हुन लागेको फिल्म ‘हैरान’ को नयाँ गीत सार्वजनिक भएको छ । रिलिजको पूर्वसन्ध्यामा निर्माण पक्षले ‘दाग छैन अब जूनमा पनि’ बोलको गीत इन्टरनेट रिलिज गरेको हो ।

यसमा चन्द्रमणि भट्टराईको शब्द, किरण कँडेलको संगीत र युबराज चौलागाई, इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको छ । निश्मा र गजित विष्ट फिचर्ड गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ ।

डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ

फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।