कपाल झर्ने यस्तो कारण ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कपाल झर्ने यस्तो कारण !



काठमाडौं । आम मानिस कपाल झर्ने समस्याबाट दिनहुँ पीडित भइरहेका छन् ।अब्यवस्थीत खानपान,छालालाई सुट नगर्नेे केमीकलयुक्त सेम्पुको प्रयोग तनाव आदिका कारण कपाल झर्नुका मूख्य कारण हुन् । विशेषगरी खानामा प्रोटीनको कमी भयो भने कपाल झर्ने समस्या हुन सक्छ । यसैले प्रोटीन र आइरनयुक्त खाद्यपदार्थ खानुपर्छ । हरियो सागसब्जी, अण्डा आदि दैनिक खानामा समावेश गर्नुपर्छ।

बढ्दो उमेर पनि तालु खुईलिने कारण हुन्छ । किनभने उमेर वृद्धिसंगै रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसबाट हर्मोन प्रभावित हुन्छ र कपाल झर्न थाल्छ । तर कपाललाई राम्ररी हेरविचार गर्ने झर्ने समस्या कम गर्न सकिन्छ ।

स्याहार गर्ने तरिकाका कारण पनि कपाल झर्छ । खासगरी महिलाहरुले कपाललाई कसेर बाँध्दा रौंको फोलिकल्समा रक्तसन्चार राम्ररी हुन पाउँदैंन, जसका कारण रौं मर्छ र झर्न थाल्छ । यसैले त्यस्तो खालको हेयरस्टाइल चयन गर्नुस् जसबाट रौंमा रक्तसन्चार राम्रो होस् ।

युवा अवस्थामा गर्भनिरोधक औषधि बढी प्रयोग गर्दा पनि कपाल झर्ने समस्या हुनसक्छ । गर्भनिरोधक औषधिले हार्मोनल असन्तुलन हुन्छ । यस्तै केमोथेरापी, टाउको दुखेको, थाइराइड र ज्वरोको औषधि पनि कपाल झर्नुमा कारक हुन्छन् ।

यस्तै, अर्को कारण हो आनुवंशिक । यदि घरमा परिवारका कुनै पनि सदस्यलाई तालु खुईलिने समस्या छ भने पनि कपाल झर्न सक्छ। टाउकोमा कुनै पनि प्रकारको फंगल इन्फेक्सन छ भने पनि कपाल झर्न सक्छ । तर उपचार पछि यसको समाधान हुन्छ ।

परिवर्तित फेसनले कपडामा मात्र होइन, कपालमा पनि अनेक खालको परिवर्तन आइरहेको छ । युवाहरु फेसनका लागि कपालमा पनि नयाँ नयाँ खालका प्रयोग गरिरहन्छन् र कपालमा विभिन्न खालका रसायन प्रयोग गर्छन् । जसका कारण कपाल झर्छ ।

शरीरमा आउने हार्मोनको परिवर्तनले तालु खुईलिने समस्या आउछ । महिलामा एस्ट्रराेजन हार्मोनको मात्रा बढी हुने समस्यालाई हाइपरथाइराइड भनिन्छ । यस्तो अवस्थामा तालु खुईलिन्छ । अनुसन्धानकर्ताका अनुसार उमेर बढेसससंगै सेक्स हार्मोनको स्तर कम हुन्छ र पुरुषमा कपाल झर्ने समस्या हुन्छ । यस्तै, अधिक तनावयुक्त जीवनशैली पनि कपाल झर्ने समस्याको कारण बन्छ। बडी बनाउने स्टेरोइडको बढी प्रयोगले पनि कपाल झर्छ । स्टेरोइडले हार्मोन असन्तुलन हुन्छ र तालु खुईलिने समस्या निम्तन्छन् ।