'हेयर एण्ड शान्ति'नेपाली ब्राण्ड भारतमा चर्चा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

‘हेयर एण्ड शान्ति’नेपाली ब्राण्ड भारतमा चर्चा



हिमाल पोस्ट /नयाँ दिल्ली 

सन् २००१  मा भारतको राजधानी दिल्लीबाट ५००  वर्ग फुटको सानो क्षेत्रफलबाट व्यवसाय सुरुवात गरेको हेयर एण्ड शान्तिले सौन्दर्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भयको छ ।  भारतको राजधानी दिल्ली लगायत नोएडा,गुडगाऊमा शाखा विस्तार गरेको यो सैलून ग्राहक माझ त्यत्तिकै  चिरपरिचित र लोकप्रिय छ  ।

भारतमा एन आई एस ओ सर्टिफाईड NS -EN ISO ९००१ :२००८  प्राप्त यस संस्थाले नयाँ दिल्लीको  साउथ ऐक्सटेन्सन शाखामा ऐकेडेमी सहितको व्यक्ति सैलुन सञ्चालनमा  ल्याएको छ । टाईम्स सर्भिस ऐक्सेलेन्स एवार्ड २००९/१०  मा वेस्ट युनिसेक्स सैलुन विधामा प्रथम  भएको थियो ।  सन् २०१६  मा ग्लोबल क्वालिटी अवार्डले समेत सम्मानित उक्त सस्थाले भारतमा आफ्नो नाम (फ्रेन्चाईजि) दिए बापत १५  लाख रुपैयाँ लिने गरेको संस्थापक नारायण श्रेष्ठ बताउछन ।

नेपालबाट भारत आउने साथीभाइ, इष्ट मित्र,विद्यार्थी,राजनीतिज्ञ,उधोगी,व्यापारीहरूको नेपालमा पनि यहाँको जस्तै सुविधा सम्पन्न व्युटी सैलुन खोल्ने सल्लाह सुझावलाई मनन गरी दुई वर्ष पहिले काठमाडौँको दरबारमार्गबाट सुरु गरेको सैलुनले छिट्टै ग्राहकको मन जित्न सफल भयो । ग्राहक वर्गको माग,सन्तुष्टि र चापलाई ध्यान दिँदै दोस्रो शाखा ठमेलको छाया देवी सेन्टर र तेस्रो शाखा जावलाखेलको मिनी सो भएको भवनको दोस्रो तलामा सञ्चालनमा  छ । हेयर एन्ड शान्तिकी  प्रोप्राइटर तथा हेयर स्टाईलिस अनुजा श्रेष्ठले ‘भारत तथा अन्य विकसित देशमा सिकेका सिप र प्रविधिको प्रयोग गरी नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको साज सज्जा तथा सौन्दर्य सम्बन्धी सेवा दिने प्रमुख उद्देश्यका साथ भारतीय कम्पनी हेयर एण्ड शान्तिको विस्तार गरिएको बताईन’ ।

दरबार मार्गको नेपालमा पहिलो शाखा त्यस बेलाकी मिस नेपाल अस्मी श्रेष्ठले समुद्घाटन गरेसँगै निकै चर्चामा आएको थियो । त्यस लगत्तै कम्पनीले मिस नेपाल २०१७  मा अन्तिम २०  मा छनौट सुन्दरीहरूलाई ग्रान्ड फिनालेमा साज सज्जाको सेवा प्रदान गरेको थियो ।दरबार मार्गको मात्र एक स्थानवाट मात्र सेवा दिँदा ग्राहक वर्गलाई पुग्न गएको असुविधालाई मध्यनजर गरी दोस्रो र तेस्रो शाखा खोलियको थप श्रेष्ठले बताईन ।

कम्पनीले नेपालमा छोटो अवधिमै ग्राहक वर्गलाई सन्तुष्ट पारी गुणस्तर र सीप प्रमाणित गरिसकेको छ । अन्तराष्ट्रियस्तरको सौन्दर्य सेवा नेपालमा पनि आवश्यक छ । त्यसैले हामीले विल्कुल नयाँ किसिमको स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले हेयर एण्ड शान्ति लाई नेपालमा ल्याएका हौ,” उनले भनिन् ।  कम्पनीले नेपालमा व्यावसायिक रूपमै काम सुरु गरियको दुई वर्ष पुरा भइसके र हेयर एण्ड शान्तिको पहिलो नेपाल शाखामा अहिले करिब १६  जनाले रोजगारी पाएको पनि बताईन  ।

कम्पनीले सबै वर्गलाई लक्षित गरी गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको सेवा दिनको लागि हामीले हेयर एण्ड शान्तिलाई नेपाल ल्याएका हौ । हामीले नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरको सौन्दर्य सेवा उपलब्ध गराउने छौ,”उनले बताइन ।ललितपुरको जावलाखेलमा ऐकेडेमी सहितको तेस्रो शाखा भर्खरै सञ्चालनमा आयको छ।हामीले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमी सहितको सैलुन स्थापना गरेका छौँ’ श्रेठले भनिन्, ‘हाम्रो उद्देश्य भनेको सेवा प्रदान गर्ने मात्र नभई दक्ष र सिपमूलक व्यवसायको विकास गर्ने पनि हो।’

यहाँ महिला तथा पुरुषको सम्पूर्ण हेयर कट, हेयर ट्रिटमेन्ट, हेयर कलर,हेयर स्पा, फेसियल,फेस मसाज, फेस क्लिनिक, सेभिङ, मेनी क्यूर, पेडीक्यूर, वाकसिँग, बडी पोलिसिँग, नेलआर्ट,केराटिन,रि बोन्डीँग, स्टेटनिँग,विवाह मेकअप, पार्टी मेकअप,रिसेप्सन मेकअप,जस्ता सेवा सैलुनले उपलब्ध गराउने हेयर स्टाइलिस श्रेष्ठले बताइन । केश सज्जा तथा सौन्दर्य कुनै जात विशेषको पेसा होइन । नत यो तल्लो दर्जाको व्यवसाय नै हो ।,”उनले भनिन्“कम्पनीले सौन्दर्य सेवालाई एउटा व्यवसायको रूपमा पनि विकास गर्न सकिन्छ र यो व्यवसाय पनि अन्य व्यवसाय जस्तै सम्मानित व्यवसाय हो भन्ने प्रमाणित गर्नका लागि पनि हामीहरूले यसमा लगानी गरेका हौ ।”कम्पनीले बजारमा रहेका अन्य कम्पनीभन्दा आफूहरू अलग रहेको प्रमाणित यहॉ सेवा लिई सन्तुष्ट भयका ग्राहक वर्गको प्रतिक्रियावाट पायकोले स्पष्ट पारेको बताए ।