स्रष्टा निर्मलकुमार रिमालको ६५ सय हाईकु संग्रहित ‘बृहत हाईकु’ बिमोचित - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

स्रष्टा निर्मलकुमार रिमालको ६५ सय हाईकु संग्रहित ‘बृहत हाईकु’ बिमोचित



हिमाल पोष्ट- बैसाख, १५ काठमाडौं

 

स्रष्टा निर्मलकुमार रिमालको हाईकु संग्रह बृहत हाईकु को बिमोचन भएको छ । ६५०० वटा हाईकुहरु संग्रहित बृहत हाईकु को बिहिबार राजधानिको मिडियो ईन्टर नेसनलमा एक समारोहका बिच बिमोचन गरिएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले को आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान का कुलपति गंगा उप्रेतीको हातबाट बिमोचन गरिएको बृहत हाईकु बिमोचन समारोहमा अनेसासका केन्द्रीय उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, प्रमुख अतिथि कुलपति गङगाप्रसाद उप्रेती, डा. खगेन्द्र लुईटेल, प्राज्ञ अमर गिरी, अनेसासका केन्द्रीय उपाध्यक्ष पकाश पौडेल, अनेसासका केन्द्रीय सदस्य एव नेपाल च्याप्टरका महासचिव सन्धया पहाडी, पुष्पा खनाल लगाएतले बिमोचित कृतीका बारेमा बोलेका थिए भने विमोचित कृतिका स्रष्टा निर्मलकुमार रिमालले बृहत हाईकु संग्रह लेखन देखि बिमोचन सम्मको पृष्टभुमी र कृति पकाशनमा ल्याउनुको उद्धेश्यबारे बताएका थिए ।
वरिष्ठ गायिका सुष्मा कार्की र कमला रिसाल बि। के। को गीत गायनले थप रौनक थपेको माहौलमा साहित्यकारहरु डा। रामदयाल राकेश, अच्युतरमण अधिकारी, रामप्रसाद दाहाल, अनेसास नेपालका सल्लाहकार हिरण्यकुमारी पाठकल गायतको उपस्थिति रहेको थियो ।