परराष्ट्रमन्त्री ज्ञवालीकै स्वकीय सचिवलाई अमेरिकाले भिसा दिएन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

परराष्ट्रमन्त्री ज्ञवालीकै स्वकीय सचिवलाई अमेरिकाले भिसा दिएन



काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जीतबहादुर कार्कीलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ।

राजदूतावासले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुलाई वाशिंटन डिसीबाट क्लियरेन्स नआएका कारण भिसा दिन नसकिएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयलमा शाखा अधिकृतका रुपमा कार्यरत कार्कीलाई परराष्ट्र मन्त्रालयले न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासमा सरुवा गरिएको थियो।

सरुवापछि कार्कीले कूटनीतिक भिसाका लागि अमेरिकी दूतावासमा आवेदन दिएपनि भिसा अस्विकृत भएको मन्त्रालय श्रोतले जनाएको छ ।