परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राहत लिएर गुल्मी पुगे - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राहत लिएर गुल्मी पुगे



काठमाडौं- गुल्मीको सत्यावती गाउँपालिकामा भएको पहिरोले ८ जनाको ज्यान गएपछि पिडितलाई राहत र क्षेत्र अवलोकन गर्न परराष्ट्रमन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवाली गृहजिल्ला पुगेका छन् ।

पहिरो गएको खबर आएलगत्तै नेपाली सेनाको हेलिकप्टर मार्फत मन्त्री ज्ञवाली सत्यवती गाउँपालिकाको लिम्घामा पुगेर घटनाबारे जानकारी लिएको बतैएको छ । मन्त्री ज्ञवालीले उद्धार तथा राहतमा जुटन स्थानीय प्रशासनलाई निर्देशन समेत दिएका छन्।

मन्त्री ज्ञवालीले राहत सामाग्री लगेका छन् । सोमवार राति गएको पहिरोमा परी सत्यावती गाउँपालिकाका ३ र ४ नम्बर वडामा ८ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएर केही हराइरहेका छन् ।