आफ्नै कार्यक्रममा यसरी कुटिए ज्ञानेन्द्र शाही - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आफ्नै कार्यक्रममा यसरी कुटिए ज्ञानेन्द्र शाही



काठमाडौं- भ्रष्टाचारविरुद्धको अभियान्ता मानिएका ज्ञानेन्द्र शाहीले आइतबार पत्रकार सम्मेलन आयोजना गरे । नेपालका लागि नेपाली अभियानको कार्यालयमा उनैले डाकेका पत्रकारहरू मध्ये कसैले उनलाई चड्कन हान्यो ।

उत्तेजक अभिव्यक्ति दिएर चर्चामा आउन खोज्ने उनि र उनको समुहले शनिबार सांझ मात्रै मन्त्री योगेश भट्टराईलाई नेपालगञ्ज विमानस्थलमा दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा राख्दै मन्त्रीको रामधुलाई गरेको भनेका थिए ।

उत्तेजक भाषण गरेकै कारण उनलाई यसअघि प्रहरीले पक्राउ गरेको थियो । नेपालगञ्जमा शनिबार साँझ केहि समय बुद्ध एयरको विमान ढिलो हुनुको कारण पर्यटन मन्त्री योगेश भट्टराईलाई पर्खिनु थियो ।

तर, शाहीलगायतले सोही विषयलाई होहल्ला गरी अपशब्द बोल्दै भिडियो बनाएर सञ्जालमा राखेर भाइरल बनाउने काम गरे । यस विषयले सामाजिक सञ्जालमा पक्ष र विपक्षको तिव्र आलोचना भएपछि आफैंले पत्रकार सम्मेलनको आयोजना गरे ।

पत्रकार सम्मेलनमै प्रश्नोत्तर भैरहेका बेला उनलाई कसैले थप्पड हान्यो । त्यतिमात्र होइन यो काण्डले उनि निकै विवादीत पनि बने । राजावादीको आरोप खेपिरहेका ज्ञानेन्द्र शाहीले जब बोल्दै थिए त्यतिनै बेला कुनै पत्रकारले प्रश्न गरे यहि प्रश्नको कारणले उनले कुटाई खाना बाध्य भए ।

ज्ञानबहादुर शाही कसरी ज्ञानेन्द्र शाही भए ? कुनै पत्रकारले प्रश्न गरे तर, यसको उत्तर उनले सिधा रुपमा दिएनन बरु यसलाई बंग्याए र प्रतिप्रश्न गरे– पुष्पकमल दाहाल कसरी प्रचण्ड भए ? यहि प्रश्न शाहीले पिटाई खानुपर्ने कारण बन्यो ।

प्रहरीका अनुसार उनलाई असुरक्षा हुन सक्ने विषयमा जानकारी गराइएको थियो । तर, कार्यालयमा प्रहरी छिर्न उनैले निषेध गरेका थिए । अहिले भने, प्रहरीले उनलाई नियन्त्रणमा लिई सुरक्षामा राखेको थियो ।