प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै ज्ञानेन्द्र शाहीमाथि मुद्दा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै ज्ञानेन्द्र शाहीमाथि मुद्दा



काठमाडौं- महानगरीय प्रहरी परिसर ललितपुरले नेपालका लागि नेपालीक अभियन्ता ज्ञानेन्द्र शाहीलाई मुद्दा चलाउने तयारी गरेको छ। प्रहरीले शाहीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी थालेको हो।

पत्रकार सम्मेलनमा झडपको स्थिति भएपछि शाहीलाई आइतबार ललितपुर परिसरले पुल्चोकबाट नियन्त्रणमा लिएको थियो। उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको थियो।

तर, शाहीलाई प्रहरीमाथि नै अभद्र व्यवहार गरेको कसुर आकर्षित गरेर मुद्दा चलाउने तयारी गरिएको हो। परिसर प्रमुख टेकबहादुर राईका अनुसार उनलाई अभद्र व्यवहारमा सोमबार अदालतबाट म्याद लिएर कारबाही थाल्ने प्रहरीको तयारी छ।

‘प्रहरीमाथि उहाँले अभद्र व्यवहार गर्नुभएको हुनाले मुद्दा चलाउने तयारी गरिएको हो,’ राईले भने।

शनिबार नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईले जहाज कुराएको भन्दै शाहीसहितका व्यक्तिले उनलाई विमानस्थलमा घेरेका थिए।