सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि प्रतिबन्ध लगाउने - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि प्रतिबन्ध लगाउने



नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा प्रदेश–१ का सह–इञ्चार्ज सावित्रिकुमार काफ्लेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने बताएका छन् ।

पाँचथर सदरमुकाम फिदिममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै काफ्लेले भने, ‘ज्ञानेन्द्र शाहलाई सर्वसाधारण नागरिक सरह गतिविधि गर्ने अधिकार छ । तर, गुमेको शक्ति फर्काउन ज्ञानेन्द्रले प्रयत्न गरे सरकारले प्रतिबन्ध लगाउन सक्छ ।’

देश दौडाहाका क्रममा पूर्वराजा ज्ञानेन्द्र सोमबार पाँचथर सदरमुकाम फिदिम आउने कार्यतालिका छ ।

‘राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने उद्देश्यले पूर्वराजा चलखेल गरिरहेका छन्,’ काफ्लेले भने, ‘संविधान विपरित गतिविधि गरेको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।’

पूर्वराजाको गतिविधिले सरकार सशंकित भएको काफ्लेको भनाइ छ । पूर्वराजाको गतिविधिलाई प्रतिबन्ध लगाउने सामथ्र्य सरकारसँग भएको उनको भनाइ छ । ‘वाम सरकारले मुलुकको हित विपरित गतिविधि गर्नेलाई रोक लागाउनुपर्छ’, उनले भने ।