ज्ञानेन्द्र मल्ल बने क्रिकेट टिमको कप्तान - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

ज्ञानेन्द्र मल्ल बने क्रिकेट टिमको कप्तान



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ।

यसअघिका कप्तान पारस खड्काले टिमको कप्तानीबाट राजीनामा दिएपछि नेपाल क्रिकेस संघ( क्यानले) मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो।

अर्काे निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएकाे क्यानले जानकारी दिएको छ।
गत असोज २८ गते विज्ञप्ति जारी गर्दै पारस खड्काले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी त्यागेको घोषणा गरेका थिए।

‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ पारसले विज्ञप्तिमा भनेका थिए, ‘नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो।’

दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने निर्णय गरेको भोलिपल्ट पारसले पद छाड्ने घोषणा गरेका थिए।

पारस नेपालको टी-२० तथा एकदिवशीय दुवै टोलीका कप्तान थिए।