ज्ञानेन्द्र मल्लले बनाए किर्तिमान: भुटानलाई कडा लक्ष्य - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

ज्ञानेन्द्र मल्लले बनाए किर्तिमान: भुटानलाई कडा लक्ष्य



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ले शतक प्रहार गरेका छन्।

योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यस अघि पारस खड्काले मात्र शतक बनाएका थिए।

मल्लले ५५ बल खेल्दै १०७ रन बनाएर आउट भए। उनले पाँच चौका र ९ छक्का प्रहार गरे। यस अघि पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

नेपालले भुटानलाई २३७ रनको विजयी लक्ष्य दिएको दिएको छ। नेपालले पुरै २० औं ओभर खेल्दै ३ विकेटको क्षतिमा २३६ रन बनायो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले विष्फोटक पाली खेल्दै २७ बलमा ४५ रन बनाए। भुटानका कर्मा दोर्जेले २ विकेट लिए।