पछि परेपछि सञ्चारमन्त्रीले लगाए एमालेले धाँधली गरेको आरोप - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

पछि परेपछि सञ्चारमन्त्रीले लगाए एमालेले धाँधली गरेको आरोप



सुनसरी क्षेत्र नम्बर ४ मा जारी मतगणनाका क्रममा बहालवाला सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेले धाँधली गरेको आरोप लगाएका छन्।

मतपरिणाममा कार्की पछि परेपछि विवाद भएको छ।कांग्रेस उम्मेदवार समेत रहेका कार्कीलाई नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले करिब सय मतले पछि पारेपछि कांग्रेसले धाँधली आरोप लगाएको हो।

मतगणनामा कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधि सभातर्फको मत गणना रोकिएको हो।

मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।

त्यही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार बहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक राख्न भनेका छन्।

त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधि सभातर्फको मतगणना तत्कालका लागि रोकिएको छ।

तर अहिले आएर फेरि कुसियतले कार्कीलाई ४३ मतले पछि छाडेका हुन्। ताजा अवस्थामा ४३ मतले अघि बढेका कुसियैतले २३ हजार २६१ मत ल्याएका छन्।

केहीबेरअघि दोस्रो स्थानमा झरेका कार्कीको पक्षमा २३ हजार २१८ मत ल्याएका छन्। यहाँको प्रतिस्पर्धा अति रोचक देखिएको छ।