ज्ञानेन्द्र शाह र कमल थापाले के कुरा गरे ? - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ज्ञानेन्द्र शाह र कमल थापाले के कुरा गरे ?



नेपालगन्ज – पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् ।

होटल सोल्टीमा शनिबार वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्।

निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाका विषयमा जानकारी गराएका थिए ।

उनले वर्तमान राजनीतिक अवस्था र राप्रपाको रणनीतिका विषयमा पूर्वराजा शाहसँग छलफल गरेको राप्रपा स्रोतले जनाएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बिहीबार बाँके आएका शाहले शुक्रबार स्थानीय उद्योगी, व्यवसायी, विभिन्न नागरिक समाजका अगुवासँग पनि भेटघाट गरे ।

‘पूर्वराजा र यहाँ हुँदा म नआउने भन्ने होइन, म आफ्नो कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएको हुँ’, राप्रपा अध्यक्ष थापाले भने, ‘म आउँदा पूर्वराजा समेत भएकाले भेट गर्न गएको हुँ ।

पूर्वराजासँग वर्तमान राजनीतिक अवस्था र राप्रपाले निर्वाचनबाट बेहोरेको हारपछि अगाडि बढाउने नयाँ रणनीनितिबारे छलफल भएको थापाले बताए ।