पूर्वराजा ज्ञानेन्द्र र ‘रअ’ प्रमुखको गोप्य भेट : यस्तो भयो सहमति - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पूर्वराजा ज्ञानेन्द्र र ‘रअ’ प्रमुखको गोप्य भेट : यस्तो भयो सहमति



काठमाडौं– भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख समान्त गोयलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका खुलेको छ । उनीहरूको भेट विवादित पर्यटन व्यवसायी कर्ण शाक्यको निवासमा भएको स्रोतले दाबि गरेको छ ।

समान्त भेट्न ज्ञानेन्द्र लैनचौरस्थित भारतीय दूतावासको पछाडि वीरेन्द्र प्रहरी अस्पताल छेवैमा रहेको कर्णको शाक्य निवासमा पुगेका थिए ।

ज्ञानेन्द्र राति ११ बजे आफैंले कार हाँकेर समान्त भेट्न शाक्य निवास पुगेका थिए । यद्यपि भेटलाई अहिलेसम्म गोप्य राखिएको छ । स्रोतका अनुसार ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग जनता निराश बनेको र त्यसको विकल्प आफू भएको दाबी गरेको बयाइएको छ ।

भारतलाई चिढ्याएर आफूबाट गल्ती भएको र आगामी दिनमा त्यस्तो नगर्ने बाचा सहित प्रस्तुत ज्ञानेन्द्रले आफु देशको अबको एक मात्र विकल्प भएको दाबि गरेका थिए । उनले राजतन्त्र पुनस्र्थापनाका लागि सहयोग गर्न आग्रह समेत गरेको बुझिएको छ ।

गोयलले नेपालबाट धर्मनिरपेक्षता र संघीयता छिट्टै खारेज हुने र त्यसपछिको एजेण्डा राजतन्त्र भएको भारतीय संस्थापनको सन्देश ज्ञानेन्द्रलाई सुनाएको स्रोतको दाबि छ । एकैपटक सबै एजेण्डाबाट व्याक हुन खोज्दा जनताले समर्थन नगर्ने भएकाले भारतीय चाहना पहिला नेपाललाई हिन्दू राज्य कायम गर्ने संघीयता खारेजी गर्ने रहेको बताए ।

‘राजतन्त्र रेलको अन्तिम डिब्बा हो’, गोलयको भनाइ उद्धृत गदै्र्र स्रोतले भन्यो, ‘अगाडिको डिब्बाका रुपमा रहेका धर्मनिरपेक्षता र संघीयता गएपछि पछाडिको डिब्बा (राजतन्त्र) स्वतः अगाडि आउँछ।’

गोयलले त्यसअघि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी काँग्रेस नेता शेबरहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए । ती सबै भेटबारे नेताहरुले केही बोलेका छैनन् ।

गोयल रअ प्रमुख बनेपछि पहिलोपातक नेपाल भ्रमणमा आएपनि पछिल्लो समय रअको निकै ठुलो चलखेल भैरहेको राजनीतिक वृतमा चर्चा छ ।