गायक तथा एरेन्जर कमल सौराग र मोडल कृष्ण सापकोटाको 'त्यो जिन्दगी' बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

गायक तथा एरेन्जर कमल सौराग र मोडल कृष्ण सापकोटाको ‘त्यो जिन्दगी’ बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

अर्घाखाँचीको किमडाडाँमा जन्मिएर लामो समय देखि नेपाली गीत संङ्गीतको क्षेत्रमा क्रियाशील गायक तथा चर्चित एरेन्जर कमल सौरागको स्वरमा बन्धन एल्बम भित्र रहेकोको आधुनिक गीत ‘त्यो जिन्दगी’ हालै मात्र सार्वजनिक भएको भएको छ ।

लोक दोहोरी क्षेत्रमा ‘दैला मुनी जौं ‘ घुम्टि नरपानी ‘ र आधुनिक गीत ‘ तिमी कस्ती भइछौ सिन्दूर पोतेमा ‘ ‘सिमसिमे पानीले’जस्ता थैप्रै गीतमा आफ्नो स्वर भरेर निकै चर्चा कमाएका सौरागले पाँच हजार भन्दा बढी गीतमा मिठो एरेन्ज गरेर सबैलाई मोहित बनाएका छन् । केही समय पछि उनकै स्वरमा आउन लागेका दुई वटा आधुनिक गीत “ हे निष्ठुरी” “तिमी नै हौ ”लाई पक्कै पनि पहिला जस्तै दर्शन श्रोताबाट माया पाउनेमा अाशावादि रहेको हिमाल पोस्ट सँगको कुराकानीमा सौराग बताए ।

उनकै स्वर एरेन्ज र संङ्गीतमा हालै मात्र सार्वजनिक भएको आधुनिक गीत ‘त्यो जिन्दगी ‘ मा सौरागले अर्धाखाँची कै अर्का प्रतिभावान कलाकार कृष्ण सापकोटा सँग सहकार्य गरेका छन् सोही गीतमा सर्जक राजकुमार बगरको शब्द रहेको छ ।

सभ्यता क्रियशन ले बजारमा ल्याएको गीतको भिडियो पनि निकै दमदार बनेको र दर्शक श्रोताको माया पाइने आशा रहेको सोही गीतका मोडल कृष्ण सापकोटाले हामी सँगको कुराकानीमा बताए । भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् भने सुरेज श्रेष्ठको छायाङ्कनमा नवीन घर्ती मगरको सम्पादन रहेको छ।

भिडियोमा कृष्ण सापकोटा, रन्जु अधिकारी र विनोद खनालको अभिनय देख्न सकिन्छ ।