साउथ अस्ट्रेलियामा सामुहिक म्ह:पुजा कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

साउथ अस्ट्रेलियामा सामुहिक म्ह:पुजा कार्यक्रम सम्पन्न



 

– एडीलेड

कार्तिक शुक्ल प्रतिपदाका दिन बिहिबार साउथ अस्ट्रेलियाको एडीलेडमा रहेको नेवार समुदायले आफ्नो शरीर र आत्माको पूजा गरी म्ह: पूजा पर्व मनाएको छ । थेवाटर्न कम्युनिटी हलमा गुठि साउथ अस्ट्रेलियाको आयोजनामा सामुहिक म्ह पूजा साथै “न्हूदँया भिन्तुना” बिशेष कार्यक्रम आयोजना भएको हो। विगत केहि वर्ष देखि गुठिले सामुहिक रुपमा म्हपूजा कार्यक्रम आयोजना गर्दै आएको छ। म्ह पूजा साथै “न्हूदँया भिन्तुना” बिशेष सामुहिक कार्यक्रममा नेवारी समुदाय संगै अन्य समुदाय र अस्ट्रेलियनहरुको गरि १६२ व्यक्तिहरुले म्ह:पुजा गरेको गुठि साउथ अस्ट्रेलियाका सह-सचिब सजिन प्रधानांगले जानकारी दिए।

नेवारी समुदायले आदिमकालदेखि मनाउँदै आइरहेको मौलिक चाड स्वान्ति (तिहार) को चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन म्हपूजा र नयाँ वर्ष मनाउने दिन हो । म्हपूजा अर्थात् आत्मपूजा गर्ने भनेर यो दिन आफ्नै शरीरलाई पूजा गरिन्छ । नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । विशेषत नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक सम्वत् पनि हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्‍याली निकालिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ ।