गुठी प्रकरणमा सरकारले घुँडा टेक्यो : परिमार्जन गर्न ओलीले दिए निर्देशन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गुठी प्रकरणमा सरकारले घुँडा टेक्यो : परिमार्जन गर्न ओलीले दिए निर्देशन



काठमाडौँ– पछिल्लो समय देश तताएको गुठि बिधेयक प्रकरणमा सरकारले घुँडा टेकेको छ । राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्याललाई विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् ।

गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।

गुठीसम्बन्धी कानुन बनाउन राष्ट्रिय सभामा दर्ता भएको यो विधेयककोे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै अन्य राजनीतिक दल, विभिन्न संघ संस्था र पुर्व राजा ज्ञानेन्द्र शाहले समेत चासो देखाएर विरोध गर्नुका साथै विधेयककै कारण सरकार नै ढाल्ने चेतावनीसमेत दिन दिएपछि सरकार पछि हट्न बाध्य बनेको हो ।

यसअघि सत्तारुढ दलकै कतिपय सांसद र नेताहरुले समेत गुठी विधेयक जस्ताको तस्तै पारित गर्न नहुने धारणा सार्वजनिक गर्दै आएका थिए । नेकपाका नेता झलनाथ खनाल, योगेश भट्टराई, जनार्दन शर्मा लगायतका नेताहरुले समेत विधेयकका कमजोरी औँल्याएर सच्याउनुपर्ने सुझाव दिएपछि ओली नेतृत्वको सरकार रक्षात्मक बन्दै विधेयक परिमार्जन गर्न तयार भएको हो ।