सरकारले गुठी विधेयकलाई खारेज नगर्ने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सरकारले गुठी विधेयकलाई खारेज नगर्ने



काठमाडौँ—सरकारले विवादस्पद गुठी विधेयकलाई खारेज नगर्ने सङ्केत गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बोल्दै गुठी विधेयकको नेतृत्व गरेकी भूमिसुधार गरिबी निवारणमन्त्री पद्मा अर्यालले भनिन,‘ धर्म संस्कृति र परम्परालाई जोगाउँदै सरकार अघि बढ्छ ।’

मन्त्री अर्यालको उक्त अभिव्यक्ति र आन्दोलनकारीहरुको विधेयकलाई रद्द गर्नु पर्ने मागबारे सरकारको मौनतालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

आन्दोलनकारीहरुले विधेयकलाई रद्द गर्नु पर्ने माग राखेर त्यो भविष्यमा फेरी कुनै पनि रुपमा नआओस भनी सुनिश्चितता खोजेका छन्।

प्रस्तावित गुठी विधेयकविरुद्ध राजधानीमा सरोकारवालाहरुको निरन्तर विरोध प्रर्दशन हुन थालेपछि गत मंगलबार राष्ट्रियसभामा विचाराधीन विधेयक घोषणा गरेता पनि आन्दोलनकारीहरुद्धारा गठित संघर्ष समितिले मागे अनुसार त्यसलाई रद्द गर्ने कुनै संकेत दिएको छैन, बरु त्यसलाई अर्को रुपमा ल्याउने संकेत गरेको छ।