कांग्रेसले भन्यो : गुठी आन्दोलनमा हाम्रो पनि साथ छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेसले भन्यो : गुठी आन्दोलनमा हाम्रो पनि साथ छ



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने पनि जनाए ।

गुठी विधेयकको विरुद्ध आन्दोलन चर्किदै जाने भन्दै उनले तत्काल उक्त विधेयक फिर्ता लिन पनि सरकारसँग माग गरे ।

नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मुल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको बडुको आरोप छ ।

गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति सिर्जना हुने उल्लेख गर्दै बडुले भने, ‘समयमै सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुनुपर्ने छ ।’

प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ’ भन्ने र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिँदै आएको उल्लेख गर्दै बडुले अगाडि भने, ‘कुटे जस्तो र रोए जस्तो सरकारको दोहोरो चरित्र स्वीकार्य हुन सक्दैन । विधेयक फिर्ता लिइयोस् ।’

सभामुखले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद लक्षमण लाल कर्णलाई बोल्नका लागि समय दिएका थिए ।