एकता: महिना नपुग्दै ओली र प्रचण्डको गुट सुरु, हेर्नुहोस - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एकता: महिना नपुग्दै ओली र प्रचण्डको गुट सुरु, हेर्नुहोस



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालको फरक फरक गुट बन्ने अवस्था सृजना भएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणालीबारे ओली र प्रचण्डको एकमत हुन नसकेपछि गुट सृजना भएको हो ।

केही दिनअघि प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणाली लागु गर्ने विषयमा सहमति भइसकेको दाबी गरेका थिए । संविधान संशोधन गरेर शाषन प्रणाली परिवर्तन गर्ने बारे प्रचण्डले दिएको अभिव्यक्तिमा ओलीको समर्थन नरहेपछि गुटगत रुपमा मुद्दा उठाउन थालिएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणालीमा नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादु थापालगायतका नेताहरु सहमत देखिएका छन् ।

तर ओली भने अहिले तत्काल यो विषय उठाउन नहुने पक्षमा देखिएका हुन् । ओलीलाई ईश्वर पोखरेलले साथ दिएका छन् । शीर्ष तहका अधिकांश नेताहरु प्रचण्डको पक्षमा देखिएपछि ओली नयाँ रणनीति कसरी तय गर्ने भन्नेमा गम्भीर बनेको बताइएको छ ।

तत्कालिन एमालेका सचिव योगेश भट्टराईले पनि प्रचण्डले भने जस्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् । त्यस्तै ओलीसँग चिढिएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल पनि अहिले प्रचण्डको पक्षमा देखिएका छन् ।