राजु गुरुङले पाए न्याय- अल्पकालीन अन्तरिम आदेश जारी - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

राजु गुरुङले पाए न्याय- अल्पकालीन अन्तरिम आदेश जारी



काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न बोलाएको छ । निर्वाचन आयोगले वैंकिङ कसूर सम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

त्यसका विरुद्धमा गुरुङ सर्बोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष बिष्णु पौडेल उम्मेदवार छन् । राजुसँगै अन्य दुईजना स्वतन्त्र उम्मेवदवारको मनोयन समेत आयोगले खारेज गरेको थियो ।

खारेजीमा परेका डा।कमल भुसालको पनि रिट सोही इजलासमा सुनुवाईका लागि तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ ।