नेपाली मिडियालाई रोक लगाइएकोमा मुख्यमन्त्रीको आपत्ति - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाली मिडियालाई रोक लगाइएकोमा मुख्यमन्त्रीको आपत्ति



काठमाडौं – नेपाली मिडियामाथि रोक लगाएको प्रति प्रदेश नम्बर चारका मुख्यमुन्त्री पृथ्वीसुव्वा गुरुङले आपत्ति जनाएका छन् । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली मिडियामाथी रोक लगाइएकोमा उनले यस्तो आपत्ति प्रकट गरेका हुन् ।

गुरुङले भारतीय सञ्चार माध्यमले निषेधित क्षेत्रबाट प्रत्यक्ष प्रशारण गरेकोमा पनि असन्तुष्टि जनाएका छन्। उनले नेपाली सञ्चार माध्यम र भारतीय सञ्चार माध्यमबीच विभेद् गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

सामाजिक संजालमा यसको ब्यापक बिरोध भैरहेको छ । सरकारले आफ्नै देशका मिडियालाई रोक लगाएर भारतीयलाई निषेधित क्षेत्रमा प्रवेश गराएको घटना सामान्य होइन ।