गुर्जो सेवनले स्वास्थ्यमा गम्भिर समस्या ल्याउन सक्छ
काठमाडौँ- कोरोना संक्रमण सुरु भएपछि अमृत समान मानिएको गुर्जोबारे पछिल्लो समय अनुसन्धान भैरहेका छन्। हल्लाको भरमा सबैखाले बिरामीदेखि संक्रमितहरूले सेवन गर्दा गुर्जोले गर्ने कतिपय साइड इफेक्ट पनि देखिएका छन् ।
औषधीय गुण भएको गुर्जोको संक्रमण कालमा अत्यधिक प्रचार भयो । डिमाण्ड पनि बढ्यो, कतिपयले यसैको कारोबार गरेर अत्यधिक आर्थिक उपार्जन पनि गरे । सहरमा बस्ने कतिले गाउँबाट मगाएर र कतिले किनेर पनि गुर्जोको सेवन गरे। एकाएक चर्चामा आएपछि यसको भाउ पनि अथधिक बढाइयो ।
सुरुवातमा एक सय रुपैयाँ किलोमा पाइने गुर्जो अहिले ४ हजार रुपयाँ प्रति केजीसम्म बिक्रि हुन थालेको छ । अझ यसलाई प्रसोधन गर्नेहरूले त गोली र क्याप्सुल बनाएर मनग्य आमदानी गरिरहेका छन् । उनीहरूले त केहि ग्रामको हजार रुपैयाँ लिने गरेका छन् ।
गुर्जोको गुणकारी तत्वले शरीरका विकारहरू निकाल्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र पाचनशक्ति सबल बनाउने भन्दै अत्याधिक प्रयोग गरियो। त्यसमाथि भारतीय योगगुरु रामदेवले समेत गुर्जोको फाईदका विषयमा वताएपछि त्यसको खोजी गर्नेको संख्या झन थपियो।
जडिवुटीले शरीरलाई वेफाईदा गर्दैन यसका फाईदा मात्रै छन् भन्दै कोरोनाबाट वच्न गुर्जो प्रयोग गर्नेको संख्या पनि पनि अधिक देखियो। तर, गुर्जोको अधिक सेवनले पनि शरीरमा असर गर्ने रहेछ भन्ने खुल्न थालेको छ।
गुर्जोको सेवनले सरिरमा अत्यधिक समस्या बेहोरेका एक व्यक्ति हुन् हुन्, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन। नेता पुनले आफूलाई गुर्जो सेवनका कारण स्वास्थ्यमा जटिलता आएको बताएका छन् । नेता पुनले एक टेलिभिजन कार्यक्रममा वोल्दै जडिबुटी सेवन नगर्नु भनेको अवस्थामा गुर्जो खाँदा थप जटिल बनेको बताए।
‘डाक्टरहरुले हर्बल तथा जडिबुटी नखानु भन्नुभएको थियो । तर पछिल्लो समय कोरोनाको पहिलो–दोस्रो लहरमा साथीभाइ सबैले गुर्जो दिए अनि टुक्रा राखेर ग्रीन टी जसरी खाइयो,’ उनले भनेका छन्, ‘५६ महिना त्यसरी खाएको त्यसले लिभरमा ‘टकसिक’को रुपमा असर गरेको पाइयो।’
नेता पुनलाई सन १९८९ तिर जन्डिस देखिएको थियो । त्यसबेलादेखि नै उनले जन्डिसको उपचार गराउँदै आएका थिए । वि.सं. २०५२ तिर वंषाणुगत जन्डिस भएको पत्तो लागेको थियो। समान्य उपचार गराउँदा निको हुँदै आएकामा योपटक भने उनी बढी नै सिकिस्त भएका थिए ।
पछि जण्डिस वढ्दै गएको र नेपाल भारतका साथै बैंककमा उपचार गर्दा राम्रो भएको जानकारी दिएका उनले पछिल्लो समयमा भने आफुलाई निकै साह्रो पारेको वताएका छन् । उनले २०७३ सालमा बैंककमा उपचार गराएको बेला हर्बल तथा जडिवुटी औषधि नखान चिकित्सकले सुझाव दिएका थिए ।
त्यो रोकेपछि आँफै जन्डिस कन्ट्रोल भएको उनले बताए । नेता पुन बैंककमा करिब २ महिना र चीनमा पनि २ महिना उपचार गराएर केही दिनअघि मात्र स्वदेश फर्किएका छन् ।
त्यतिमात्र होइन अहिले गुर्जोको फाइदा र बेफाइदाबारे विभिन्न अनुसन्धानहरू भैरहेका छन् । कतिपय अनुसन्धानहरूको प्रारम्भिक रिपोर्टमा न्युन रक्तचापसम्बन्धि समस्या भएका व्यक्तिहरूले गुर्जो सेवन गर्न नहुने देखिएको छ ।
गुर्जो मानव स्वास्थ्यको लागि गुणकारी भनेर प्रचार भैरहेका बेला यसमाथि भैरहेको अनुसन्धानले कस्ता व्यक्तिले खान हुने कस्ता व्यक्तिको स्वास्थ्यमा असर गर्छ भन्ने खुलेको खण्डमा मानव स्वास्थ्य थप जोखिममा पर्नबाट जोगिने केहि स्वास्थविज्ञहरूले बताउने गरेका छन् ।