गुस्तरीय शिक्षाका लागी गाउँ र शहरले कुनै प्रभाब पार्दैन : नगर प्रमुख बजगाई - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गुस्तरीय शिक्षाका लागी गाउँ र शहरले कुनै प्रभाब पार्दैन : नगर प्रमुख बजगाई



मंगल बास्कोटे
लम्की ,कैलाली । खानेमुखलाई जुङ्गाले छेक्दैन भने झै गुणस्तरीय शिक्षाका लागी गाउँ र शहरका बिद्यालयले कुनै प्रभाब नपार्ने लम्की चुहा नगरपालिका प्रमुख महादेब बजगाईले बताउनु भएको छ ।

श्री सरस्वति माध्यामिक बिद्यालय प्रतापपुरको आयोजनामा सिटिभिटीबाट सम्बन्धन प्राप्त डिप्लोमा तहको सिभिल ओभरसियर बिद्यार्थिहरुको स्वागत तथा परिचयात्कम कार्यक्रम बोल्दै नगर प्रमुख बजगाईले बिद्यार्थिहरु आफ्नो मन मस्तिष्कले पढाई प्रति लगनशिल र अध्यापन गराउने शिक्षकहरुले पनि बिद्यार्थिहरुको भबिष्य प्रति गैर जिम्मवार नभई जिम्मेवारी पुर्वक अध्यापन गराए यसै क्षेत्रबाटै राम्रो बिद्यार्थिहरु उत्पादन हुने बताउनु भयो ।

यस क्षेत्रका बिद्यार्थिहरुलाई सिभिल ओभरसियर पढ्नको लागी बिभिन्न शहरहरु धाउनु पथ्र्यो तर अहिले सिटिभिटीबाट सम्बन्धन प्राप्त डिप्लोमा तहको सिभिल ओभरसियर श्री सरस्वति माध्यामिक बिद्यालय प्रतापपुरले सुरु गर्दा योे समस्या हटेर जाने भो भन्दै खुसि ब्यक्त गर्नु भयो । बिद्यार्थिहरुले पनि आफ्नो आभिभाबकको लगानी,चहानालाई हेक्का राख्दै उज्जल भबिष्यको लागी महनती बन्न सुझाब दिनु भयो । साथै अभिभाबकले पनि आफ्नो छोराछोरीले बिद्यालयमा गरेका क्रियाकलापलाई प्रत्येक्ष शिक्षकहरु संगको सहकार्यमा बुझ्न अनुरोध गर्नु भयो ।

श्री सरस्वति माध्यामिक बिद्यालय प्रतापपुरका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर चौधरीको अध्यक्षतामा भएको स्वागत तथा परिचयात्कम कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख बजगाई रहनु भएको थियो । बिशिष्ट अथितिमा नगर उप–प्रमुख टीका थापा अथितिमा कार्यकारी अधिकृत दशरथ बुढा,वडा नं.७ का वडा अध्यक्ष हरि राम चौधरी, वडा नं.९ का अध्यक्ष राम प्रसाद चौधरी,टीकापुर पोलिटेक्नीकलका प्रमुख टेकेन्द्र बहादुर थापा,पुर्व अनेरा स्ववियु केन्द्रीय सदस्य तथा सि.टि.भि.टि का अध्यक्ष रमेश बटाला,ईन्जिनिय सन्तोष बजगाई लगाएतका रहनु भएको थियो ।

एकेन्द्र बजगाईले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सन्चालन श्री सरस्वति माध्यामिक बिद्यालय प्रधानाध्यापक ठंडराज जोशिले गर्नु भएको हो ।