गुण एयरको जहाजमा समस्या: पोखरा उडेको जहाज काठमाडौँ फिर्ता - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

गुण एयरको जहाजमा समस्या: पोखरा उडेको जहाज काठमाडौँ फिर्ता



काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ ।

जहाजमा प्राविधिक गडबडी देखिएपछि तत्कालै काठमाडौं विमानस्थलमा अवतरण गराइएको थियो । उडेको पाँच मिनेटमै ढोका नलागेको जानकारी प्राप्त हुनासाथ विमानस्थलमै फिर्ता गरिएको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक भोला गुरागाइँले बिहान पोखराका लागि उडेको जहाजको तत्कालै ढोका नलागेको इन्डिकेसन भएपछि काठमाडौं विमानस्थलमा फर्काएर अहिले चेकजाँच भइरहेको जानकारी दिए ।