गुल्मीको पिपलधारामा दशैँ विशेष साँस्कृतिक कार्यक्रम हुने - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

गुल्मीको पिपलधारामा दशैँ विशेष साँस्कृतिक कार्यक्रम हुने



गोविन्द वस्नेत,
वुटवल१२ , असोज
विजया दशमी तथा सुभ दिपावलीको अवसर पारी अन एयर मिडिया सेन्टर वुटवलले गुल्मीको पीपलधारा गा.वि.स मा दशैँ विशेष वृहत साँस्कृतीक कार्यक्रम गर्ने भएको छ ।

नेपाली गित संगीतको जर्गेना,पुराना कलाकारलाई सम्मान तथा नयाँ कलाकारलाई प्रोस्सान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक रामजी के.सी ले जानकारी दिए ।

कार्यक्रममा लोक तथा दोहोरी गायीका विमा कुमारी दुरा, विधान कार्की,सान्ता परीयार,वसन्त लम्साल,आधुनिक गायक अनिल पहाडि तथा गायक तथा मोडल माधव क्षेत्रिको प्रस्तुती रहने अन एयर मिडिया सेन्टरका प्रवन्ध निर्देशक गोविन्द वस्नेतले जानकारी दिए ।

पिपलधारालाई संगीतमय वनाउने उदेश्यले अन एयर मिडिया सेन्टरले पिपलधारामा पाँचौ पटक कार्यक्रमको आयोजना गरेको हो । यस भन्दा अगाडी तिजको अवसर पारी रुपन्देहिको शैनामैनामा साँस्कृतिक कार्यक्रमको आयोजना गरीे शैनामैनामा रहेको अभिनास वाल आश्रमलाई ४० हजार वरावरको खाद्यान्न,कपडा,कार्पेट लगायतका सामानहरु सहयोग गरेको थियो ।