गुल्मीमा एमालेकोे प्रदेश सभा र संघिय चुनाव निर्वाचनका लागि चर्चा र लबिङ्ग शुरु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गुल्मीमा एमालेकोे प्रदेश सभा र संघिय चुनाव निर्वाचनका लागि चर्चा र लबिङ्ग शुरु



१६ असोज गुल्मी  । 

बडादशैंसंगै गुल्मीमा आगामी चुनावको माहोल शुरु भएको छ । देश विदेशबाट गाउँमा आएका सर्वसाधारणबीच प्रदेश र प्रतिनिधीसभा निर्वाचनका संभावित उम्मेदवारहरुको चर्चा शुरु भएको हो भने नेताहरुबीच टिकटका लागि लविङ्ग शुरु भएको छ ।

बडादशैँमा भेला भएका परीवार र आफन्तबीच पनि देश संघिय संरचनामा गईसकेपछि पहिलो पटक हुन लागेको निर्वाचनकै विषयमा छलफल हुने गरेको छ । राजनीतिक दलहरुका भेला र बैठकहरु पनि तिब्र पारीएका छन् । गुल्मी जिल्लामा मतका हिसावले सबैभन्दा बलियो रहेको नेकपा (एमाले)का तर्फबाट प्रदेश र प्रतिनिधीसभाका उम्मेदवारहरुको चर्चालाई सबैले विशेष चाँसो लिएर छलफल गर्ने गरेका छन् । एमालेका तर्फबाट चर्चामा रहेका उम्मेदवारहरु यस्ता छन् :

प्रतिनिधीसभा निर्वाचन तर्फ 

प्रतिनिधी सभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा एमालेका दुई जना केन्द्रिय सचिवहरुको चर्चा छ । क्षेत्र नं. १ मा पार्टी केन्द्रिय सचिव प्रदिप ज्ञवाली र क्षेत्र नं २ मा अर्का सचिव गोकर्ण विष्टको चर्चा छ ।

ज्ञवाली साविकको गुल्मी क्षेत्र नं २ बाट २०७० भन्दा अघिल्ला संसदिय चुनावमा साँसद बनेका थिए । पूर्वमन्त्री समेत रहेका ज्ञवाली एमाले अध्यक्ष केपि ओलीको विश्वासपात्र रुपमा रहेका नेता भनेर चिनिन्छन् ।

विष्ट साविकको गुल्मी क्षेत्र नं. ३ बाट निर्वाचित साँसद हुन् । उर्जामन्त्री हुँदा लोकप्रिय विष्ट गुल्मीमा सदाबहार लोकप्रिय नेताको रुपमा चिनीन्छन् ।

प्रतिनिधी सभामा चर्चा रहेका नेताको रुपमा रहेपनि ज्ञवाली र विष्ट दुवैजना प्रदेश नं. ५ को मूख्यमन्त्रीको रुपमा समेत चर्चा छ ।

प्रदेश सभाका उम्मेदवार : ४ क्षेत्रका लागि २२ जनाको चर्चा 

एमालेकोे प्रदेश सभा निर्वाचनका लागि पनि उम्मेदवारहरुको चर्चा र लबिङ्ग शुरु भएको छ । प्रदेशका लागि चारवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा प्रदेश सभा निर्वाचनका लागि यी नेताहरु अगाडी देखिएका छन् ।

प्रादेशिक क्षेत्र नं. १ मा १० जनाको चर्चा 

सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका र रुरु गाउँपालिकाको बम्घा, रीमुवा र ग्वादी गरी ३ वटा वटा रहेको क्षेत्र नं. १ मा १० जना नेताको उम्मेदवारका लागि चर्चा छ ।
भूमिगत कालदेखि राजनीतिमा संलग्न मैना भण्डारी, सत्यवती गाउँपालिकाका चिन्तामणी पाण्डे, पुष्पलालको कम्युनिष्ट पार्टीको युथ लिगका सदस्य हिम बहादुर क्षेत्री, टाइम्स इन्टरनेशनल कलेजका संचालक तथा प्रदेश नं ५ प्रदेश सम्पर्क संगठन कमिटीका सदस्य टिकाराम सापकोटा, एमाले केन्द्रीय उद्योग वाणिज्य विभाग सदस्य भिम पौडेल, केन्द्रीय निर्वाचन विभाग सदस्य संपर्क समन्वय कमिटि सदस्य गिरी भण्डारी, हाल जिल्ला कमिटि सदस्य र सत्यवति गाउँपालिका संगठन कमिटि संयोजक टिकाराम पाण्डे, पूर्व क्षेत्रीय कमिटी अध्यक्ष तथा क्षेत्रका प्रभावशाली नेता लोक बहादुर राना, गुल्मी काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष श्री प्रसाद पाण्डेको चर्चा छ ।

प्रादेशिक क्षेत्र नं २:  पूर्व साँसद एक्लै  

प्रदेशको २ नम्बर निर्वाचन क्षेत्रका लागि पूर्व साँसद कमल श्रेष्ठको चर्चा छ । छत्रकोट र दरबार गाउँपालिकाका तथा रुरुका ३ वडा र रेसुङ्गा नपाका ७ देखि १४ वडा सम्म रहेको २ नम्बर प्रदेशमा श्रेष्ठ लगभग एक्लै चर्चामा छन् । राजनीतिक योगदान, भाषणकला र कुटनीतिमा निकै चतुर खेलाडी मानिएका उनलाई प्रदेश सरकारको मन्त्रीका रुपमा पनि अघि सारेर एमाले कार्यकर्ताले प्रचार शुरु गरेका छन् ।
२०१९ सालमा बनासरमा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठसंग संपर्कमा पुगेका श्रेष्ठले ०२१ मा सेल कमिटि सदस्य हुँदै १५ वर्षसम्म एमाले गुल्मीको नेतृत्व सम्हालेका श्रेष्ठ गुल्मीमा कृषि तथा पशुपालन अभियानका अभियन्ता समेत हुन । २०५१ सालको निर्वाचनमा देशभरीबाट मनमोहन अधिकारी पछि सबैभन्दा बढी भोट ल्याउर साँसद बनेका थिए ।

प्रादेशिक क्षेत्र नं. ३ : ४ जनाको चर्चा 

जिल्ला सदरमुकाम रेसुङ्गा नगरपालिकाका ६ वडा र मुसिकोट नगरपालिका गरी दुई नगर र ईश्मा गाउँपालिका समेटेको यो क्षेत्रमा ४ जनाको चर्चा छ ।

२०२८ सालमा तम्घास जेल तोडौं आन्दोलनमा सहभागी हुँदै पाँच नम्बर प्रदेश निर्वाचन परीचालन कमिटी सदस्य प्रभावशाली नेता खड्ग के.सी., २०३६ सालको विधार्थी आन्दोलनबाट कम्युनिष्ट रारजनीतिमा प्रवेश गरेर जिल्ला कमिटी सचिवालय सदस्य जिवन खरेल, जिल्ला सचिवालय सदस्यद्वय गणेश श्रीपाली र  हिरा एसीको चर्चा छ ।

प्रादेशिक क्षेत्र नं. ४ मा ७ जनाको चर्चा 

२०२८ सालमा अनेरास्ववियू फेडेरेसनको गुल्मी पब्लिक क्षेत्रको ईन्चार्ज हुँदै नेकपा एमाले केन्द्रिय विगका सदस्य ईश्वरी पोख्रेल, कम्युनिष्ट आन्दोलनका लामो ईतिहास बनाएका अर्का केन्द्रिय विभाग सदस्य शेषकान्त गौतम, प्रेस चौतारीका निवर्तमान केन्द्रिय अध्यक्ष तथा पार्टी केन्द्रिय विभाग सदस्य राजेन्द्र अर्याल,  दुई पटक सम्म जिल्ला पार्टीको नेतृत्व गरेका कुशल योजनाकार नेता बोम बहादुर खड्का, साविकको ३ नम्बर क्षेत्रीय कमिटि अध्यक्ष रहेका भुगोलमा लोकप्रिय नेता नरेश भण्डारी र तीन कार्यकाल गाविस अध्यक्ष रहेर अहिले जिल्ला सल्लाहकार रहेका नेता नारायण पोख्रेलको उम्मेदवारीको चर्चा ४ नम्बर क्षेत्रमा छ ।

चार नम्बर क्षेत्रको उम्मेदवारका लागि निजामति कर्मचारीको पनि चर्चा रहेको छ । मालिका गाउँपालिका वाडं नं. ८ मर्भुङ्ग घर भई हाल काठमाडौमा बस्ने निजामति कर्मचारीका उच्च ओहोदाका २ जना व्यक्ति उम्मेदवारको रुपमा आउन सक्ने सम्भावना उच्च रहेको एमाले स्रोतले बतायो । उनीहरु निजामति सेवा प्रवेश भन्दा अगाडी एमाले नेता रहेको र कर्मचारी हुँदासमेत पार्टीमा ठूलो योगदान रहेको स्रोतको भनाई छ ।