गुल्मीमा शिक्षिकाको कुटाईबाट बिद्यार्थीको दाँत भाँचियो - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

गुल्मीमा शिक्षिकाको कुटाईबाट बिद्यार्थीको दाँत भाँचियो



-प्रेम सुनार/गुल्मी – गुल्मीमा एक विद्यालयका शिक्षिकाको कुटाईबाट एक बालक घाइते भएका छन् ।

सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक बिद्यालयको कक्षा ५ मा पढ्ने अनमोल जिसी शिक्षिकाको कुटाईबाट घाइते भएका हुन् ।

बिद्यालयमा पढ्न गएका बिद्यार्थी जिसीलाई शिक्षिका रमा पाण्डेयले कुट्दा दाँत भाँचिएको हो । बालक स्कुलबाट साँझ घरमा आएर अभिभावकलाई शिक्षिकाकाले कुटेर दाँत भाँचिएको बताएपछि घटना खुलेको हो ।

घाइते बालकको तम्घासमा उपचार भइरहेको छ । हल्ला गरेको भन्दै बिद्यार्थीहरुलाई लठ्ठीले हान्ने क्रममा उनको दाँतमा लागेर भाँच्चिएको बालकले अभिभावकलाई बताएको बालककी अभिभावक मिना जिसीले बताइन् ।

घट्नाबारे बिद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट गल्ती भएको बताए । उनले घटना थाहा पाउनसाथ शिक्षिकासँग सोधपुछ गरिएको र उनले गल्ती स्वीकारेको बताए ।

सोहि बिद्यालयमै केहि वर्ष पहिले शिक्षकको कुटाईबाट एक जना बिद्यार्थीको कानको जाली फुटेको थियो ।