गुल्मी प्रहरीले ग¥यो छत्रकोटमा नागरिक सुनुवाई - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

गुल्मी प्रहरीले ग¥यो छत्रकोटमा नागरिक सुनुवाई



गुल्मी, १ असोज । जिल्ला प्रहरी कार्यालय गुल्मी को आयोजनामा जिल्ला छत्रकोट गाउँपालिकामा नागरिक सुनुवाई सम्पन्न गरेको छ । प्रहरीले सेवा प्रहावको शिलसिलामा भए गरेका सुधार तथा गुनासाहरुको बारेमा जनतासँग सुझाव सल्लाह लिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा त्रैमासिक प्रहरी गतिविधिहरुको बारेमा प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले राखेका थिए ।

नागरिक सुनुवाईमा स्थानियले प्रभावकारिता, पार्दशीता तथा जवाफदेहीता सम्बन्धमा सुझाव तथा गुनासाहरु राखेका थिए । नागरिकबाट उठेका सुझाव सल्लाह तथा गुनासाहरुको बारेमा प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले सम्बोधन गरेका थिए ।

प्रहरी उपरिक्षक द्धिबेदीले प्रहरी जनताको साथी भएकोले मित्रबत व्यबहारका साथ रचनात्मक कार्यहरुमा सहयोग गर्न आग्रह गरेका थिए ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो । छत्रकोट गाउँपालिका का प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत स्थानियको उत्साहापूर्ण उपस्थिती रहेको थियो ।