गुल्मीमा भिषण पहिरो : ९ जनाको मृत्यु, ४ बेपत्ता

गुल्मी – अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना सम्पर्कविहीन छन् ।
सत्यवती गाउँपालिका–३ को सिङ्दीमा एकाघरका आमा छोराको मृत्यु भएको छ भने सत्यवती–३ कै कसिङ्थलामा २ जनाको ज्यान गएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिए ।
सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म ४ जना बेपत्ता छन् । बेपत्ता भएकाको अहिलेसम्म जानकारी केही नआएको उनले बताए । घटनास्थल कालीगण्डकी कोरिडोरबाट झण्डै दुई घण्टा ठाडो उकालो हिडेपछि मात्र पुग्न सकिन्छ ।
तीन घर पूर्णरुपमा पुरिएको र ९ जना बस्ने गर्थे । लिम्घाको भीरकुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढी बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । यहाँ अझै पनि २० बढी जोखिममा रहको स्थानीय भरत शाहीले बताए । अहिले पनि लेदो माटोसहित पहिरो खसिरहेकाे उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।
गुल्मी : गुल्मीमा पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ। सत्यवती-४ लिम्घामा गएको भिरकुनामा पहिरोले तीन घर पुरिँदा घरले च्यापिएर चार जनाको मृत्यु भएको हो।पहिरोमा पाँचजना बेपत्ता भएका छन्।
सोही गाउँपालिकाको वडा नम्वर ३ स्थित ठुलोलुम्पेकमा पहिरो गइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी गराए।उनका अनुसार गाउँलाई चारैतिरबाट पहिरोले घेरेको छ।अहिले क्षतिको यकिन विवरण आउन सकेको छैन।भण्डारीका अनुसार सोही स्थानमा दुई जनाको शव भेटिएको खबर प्राप्त भएको छ।
पहिरोको कारण घटनास्थलमा प्रहरी पुग्न सकेको छैन।चारैतिर गएको पहिरोका कारण उद्दारमा प्रहरी तथा नेपाली सेनालाईसमेत पुग्न कठिनाइ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयको टोलीसहित जुहाङ र रिडीबाट प्रहरी जान थालेको खड्काले बताए।घटनास्थलमा पानी परिरहेकाले उद्दारमा कठिनाइ भइरहेको छ।हेलिकप्टरबाट पीडितलाई उद्दार गर्न स्थानीयले सरकारसँग माग गरेका छन्। फाइल तस्बिर

