गुल्मीमा पहिरो -छापचौरमा एक जनाको मृत्यु,पाँच जना घाइते - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गुल्मीमा पहिरो -छापचौरमा एक जनाको मृत्यु,पाँच जना घाइते



फाइल तस्बिर

गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–७ भुुतुङको छापचौरमा अविरल वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।साथै पाँच जना घाइते भएका छन् ।

वडा नम्बर ७ भुतुङको छापचौरका विष्णु परियारको घर भत्किदा १३ वर्षका छोरा चुने परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार रातिको वर्षाले घर एक्कासी भत्किँएको थियो ।

घाइते हुनेहरुमा २८ वर्षीया खिमा परियार, ३३ वर्षीय प्रदिप परियार, १२ वर्षीय साजन परियार, १ वर्षीया सोनि परियार, २५ वर्षीय भेष कुमार परियार रहेका छन । स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा पठाएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर मगरले जानकारी दिनुभयो ।