अनेरास्ववियु गुल्मीको २३ औ जिल्ला सम्मेलन स्थगित
गुल्मी, १ असोज । अनेरास्ववियु गुल्मीको २३ औ जिल्ला सम्मेलन स्थगित भएको छ ।
संगठनले यहि असोज ४ र ५ गते सदरमुकाम तम्घासमा सम्मेलन गर्ने निर्णय गरेको थियो । जसका लागि संगठन बिस्तार लगायतको काम व्यापक भएको थियो । तर पार्टीबाट समेत सम्मेलन स्थगित गरी प्रदेश र संसदीय निर्वाचनमा जुट्न निर्देशन भएपछि सम्मेलन स्थगित गर्नुपर्ने अवस्था आएको अनेरास्ववियु गुल्मीका जिल्ला संयोजक राजेन्द्र बिक्रम कुवंरले बताए ।
संयोजक कुवंर द्धारा जारी प्रेस बिज्ञप्तीमा बैठक बसेर अर्को मिति तय नगरेसम्मको लागि सम्मेलन स्थगित भएको जनाइएको छ ।
सम्मेलनको तयारीमा खट्ने सवैलाई धन्यवाद प्रकट गर्दै आसन्न दुवै चुनावमा उच्च मनोबल र उत्साहका साथ लाग्न बिज्ञप्ती मार्फत सवैलाई आग्रह गरिएको छ ।