धुर्कोट गाउँपालिका गुल्मीको स्वागतयोग्य निर्णय : कटुवाललाई जनही ३६ सय तलव - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

धुर्कोट गाउँपालिका गुल्मीको स्वागतयोग्य निर्णय : कटुवाललाई जनही ३६ सय तलव



गुल्मी, ९ असोज । गुल्मीको धुर्कोट गाउँपालिकाले स्वागतयोग्य निर्णय गरेको छ ।सदियौंदेखि कटुवालको काम गर्दै आएका तर राज्यले वेवास्ता गरेका कटुवालहरुको तलव पहिलो पटक तोकेको हो ।

सम्मान जनक परिश्रमिक राज्यबाट पाउनु पर्नेमा उपेक्षित हुंदै मगन्तेले जस्तै गरी घर घरमा पुगेर मकैका झोंता उठाएर जिविका चलाउंदै आएका कटुवालहरुलाई धुर्कोट गाउँपालिकाले जनही ३६ सयका दरले तलव दिने निर्णय गरेको हो ।

सदियौंदेखि उकाली ओराली गर्दै गाउंवासीको सेवा गर्दै आएका कटुवालहरुलाई राज्यले उपेक्षा गरेकोले अव उनिहरुको तलवी कर्मचारीको सुरुवात गरेर देशैभर नै यसरी नै सम्वोधन गरियोस भन्ने सन्देश प्रवाह गर्न यस्तो निर्णय गरिएको धुर्कोट गाउंपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

यो वर्ष धेरै रकम नभए पनि तलव व्यवस्थाको सुरुवात मात्रै गरिएको र क्रमशः बृद्धि गरिदै जाने प्रमुख पोखरेलको भनाई छ । उनका अनुसार धुर्कोट गाउंपालिका भित्र १७ जना कटुवालहरु रहेका छन् ।

भुरे टाकुरे राज्य कालमा गुठी जग्गा र गाउंगावासीबाट मुठी संकलन गरी तत्कालिन स्थानिय प्रशासनले कटुवाल राख्ने प्रथाको सुरुवात गरेको थियो ।

ऐतिहांसिक धुर्कोट कोटमा वाजा बजाउनेहरुले लगाउने पुवा पाठ र विवाह बढाईमा नगरा लागाउने संस्कृतिलाई निकै महत्वका साथ लिईन्छ । कटुवाल र नगरा लगाउने ब्यक्तिहरु सुरुमा परियार जातीका भए पनिपछि अन्य जातिका दलित समुदायले समेत गर्न थालेकाथिए ।

कोट मन्दिरमा पुजा चलाउने अङ्ग मध्येका दलितहरुलाई गुठी जग्गा वितरण गर्दा कोट मन्दिर रहेको टापु र रुखो स्थानमा र अन्य जातिका मानिसहरुलाई गैरी खेत र समथलबारी वितरण गर्दा अहिले सम्म आर्थिक असमानताको खाडल समेत यि समुदायको फराकिलो रहेको छ ।

यसरी कोट मन्दिर छेउंछाउंमा कटुवाल लगायत दशैमा हात हतियार मर्मत सम्भार गर्ने बिश्वकर्मा जातीहरु अहिले पनि चरम गरिवीमा रहेका छन् । जिल्लाभर कटृुवालहरु झण्डै पांच सयको सख्यामा रहेको हुन सक्ने अनुमान गरिएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिकामा कांग्रेस र माओबादी केन्द्रको चुनावी तालमेलबाट प्रमुखमा माओबादी केन्द्रका भुपाल पोखरेल र कांग्रेसका शिब बहादुर खत्री निर्बाचित भएका थिए ।