गुल्मीमा नाल पनि नकाटेको नवजात शिशुकोे शव फोहोरको थुप्रोमा फेला - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गुल्मीमा नाल पनि नकाटेको नवजात शिशुकोे शव फोहोरको थुप्रोमा फेला



गुल्मी ।। गुल्मीको रिडीमा फोहोर फाल्ने ठाउँमा एउटा नवजात शिशुको को शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षकका अनुसार रिडी बजारको फोहोर फाल्ने खोलाको किनारमा फोहोरको थुप्रोभित्र मृत बालक भेटिएको हो । आइतवार साँझ सडक बालबालिकाहरुले बोराभित्र रहेको अवस्थामा शिशुको शव फेला पारेका थिए । त्यसपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको स्थानीय चिरञ्जीवि ज्ञवालीले जानकारी दिए ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक भिमबहादुर कार्कीका अनुसार बच्चा पूर्णरुप भै जन्मेको र नाल नकाटिएको अवस्थामा रहेको बताए । घटनाको अनुसन्धान भइरहेको र जन्माएर फाल्ने व्यक्ति पत्ता लागे कडा कारवाही उनले बताए । शिशुको शव इलाका प्रहरी कार्यालय रिडीमा राखिएको र पोष्टमार्टम गरेर स्थानीय जनप्रतिनिधिको रोहवरमा दाहसंस्कार गरीने प्रहरीले जनाएको छ ।