गुल्मी जिल्लाको दुई स्थानमा बम विष्फोट,यातायात ठप्प - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

गुल्मी जिल्लाको दुई स्थानमा बम विष्फोट,यातायात ठप्प



गुल्मी । गुल्मी जिल्लाको दुई स्थानमा गए राति बम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको हो ।

दुई स्थानमा वम विष्फोट भएको जानकारी पाए पनि कहाँनिर विस्फोट भएको भनेर पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौथरीले बताए । बलेटक्सारको जंगल र सदरमुकाम तम्घासको खानीगाउँमाथीको जंगलमा वम विष्फोट भएको अननुमान गरिएको छ ।

राती सदरमुकाम तम्घासमा वम विष्फोटनको ठुलो आवजले निद्रमा परेका मानिसहरु समेत जागेका थिए । आज बन्द आह्वान गरेको विप्लव नेतृत्वको नेकपाले गएराति सदरमुकाम तम्घासमा मशाल जुलुस गर्ने सूचना प्राप्त भएपछि दिनैभर सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

वम विष्फोट लगत्तै सदरमुकामको सोही स्थान आसपास मोटरसाईकलमा रहेका एक जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ । आज बिहानैदेखि गुल्मीमा यातायातका साधन ठप्प छन् ।