गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु



गुल्मीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधवार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

४ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामो, ४३ वर्षकी जमुना सोमै को रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनामा सत्यवती–३ का ३३ वर्षका कार्बाव्लिन सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै घाइते रहेका छन् । रातीको समयमा घटना भएको र उद्धार हुन नसकेको प्रहरीको भनाइ छ ।