गुल्मीबाट छुट्ने गाडीलाई टाइम कार्ड - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

गुल्मीबाट छुट्ने गाडीलाई टाइम कार्ड



गुल्मी : गुल्मीबाट छुट्ने गाडीलाई टाइम कार्ड लागु गरिएको छ । दुर्घटना कम गर्न भन्दै जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा टाइम कार्डको व्यवस्था गरिएको हो ।
शनिबारबाट कडाईका साथ गुल्मीबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुट्ने गाडीलाई टाइम कार्डको व्यवस्था गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिनुभयो ।

गाडी चालकलाई टाइम कार्ड लागु भएको जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो ‘दुर्घटना न्यूनिकरण गराँै टाइम कार्डमा उल्लेखित समयको पलना गरेका सवारी सञ्चालन गरौं ।’ टाइम कार्ड अनुसार चालकले सवारी साधन सुरु गरे बढ्दो दुर्घटना न्यूनिकरण गर्न मद्दत हुने प्रजिअ अर्यालको भनाई छ ।
उहाँले सवारी साधनले सिट क्षमता अनुसार यात्रु राख्न र अनिवार्य रुपमा टाइम कार्ड अनुसार सवारी सुरु गर्न आग्रह गर्नुभयो । ‘टाइम कार्डको जाँच कडाईका साथ गरिने छ’ अर्यालले भन्नुभयो, ‘यात्रा गर्ने महानुभावले पनि सिट क्षमता, तिब्रगति, चालकले मापसे गरे नगरेको लगायका कुराहरुमा ध्यान दिनु होला ।’ गुल्मीबाट छुट्ने बस, हाइस, निसान गाडी र जिपलाई टाइम कार्डको व्यवस्था गरिएको छ ।

सदरमुकाम तम्घासबाट गुल्मीबाहिर छुट्ने गाडीलाई रिडीसम्मका लागि टाइम कार्डको व्यवस्था गरिएको हो । सदरमुकाम तम्घासबाट छुटने बसले रिडी २ घण्टा ४५ मिनेटमा पु¥याउनु पर्ने छ । हाइस, निसान गाडीले २ घण्टामा रिडी पुग्ने गरि टाइम कार्डको व्यवस्था गरिएको ट्राफिक कार्यालय गुल्मीका हवल्दार देबीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सबै गाडीले टाइम कार्ड अनुसार गाडी चलाए बढ्दो दुर्घटना कम गर्न मद्दत पुग्ने उहाँको भनाई छ ।
गुल्मीमा पहिलो पटक दुई वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले टाइम कार्ड लागु गर्नुभएको थियो । टाइम कार्ड केही महिना नियमित भएपछि बन्द भएको थियो ।

डोजर चलाउँदा दुईजना हुनै पर्ने
बाटो खन्नेक्रममा डोजरले पल्टाएको ढुंगाले लागेर मानिस मर्ने क्रम बढेसँगै नयाँ नियम लागु गरिएको छ । डोजर चालक एक्लै बाटो बिस्तार गर्ने तर पैदल यात्रुहरुलाई ख्याल नगरी खन्ने गरेको जनगुनासो बढेसँगै बाटो बिस्तार भएको ठाउँमा सूचना प्रसारण गर्ने तथा अनिवार्य हेल्फर राख्ने व्यबस्था गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो । हेल्फरले पैदल यात्रुलाई आवतजावतमा सहजता गराउन समेत अर्यालले आग्रह गर्नुभयो ।