गुल्मी एमालेमा पनि विद्रोह: प्रभावशाली नेता नेकपा 'एस'मा प्रवेश - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

गुल्मी एमालेमा पनि विद्रोह: प्रभावशाली नेता नेकपा ‘एस’मा प्रवेश



काठमाडौँ- नेकपा एमाले गुल्मी जिल्ला कमिटी सदस्य तथा प्रभावशाली नेता राम मल्ल ठकुरीले एमाले परित्याग गरी नेकपा एसमा प्रवेश गरेका छन् । उनले एमालेमा धनाढय विचौलियाहरुको राज हुन थालेको आरोप लगाउँदैनेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

आफूले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानमा सही छन् भन्ने लागेर पार्टी विभाजनको समयमा एमालेमै रहने निर्णय गरेको तर एमाले भित्र धनाढय विचौलियाहरुको राज हुन थालेको भन्दै उनले आफू त्यस्तो पार्टीमा रहन नचाहेको प्रस्ट पारे ।

माधवकुमार नेपाल पक्षधर भनेपनि उनले पार्टी विभाजनको समयमा भने नेपाललाई साथ नदिएर एमालेमै रहने निर्णय गरेका थिए । तर, पछिल्लो समयमा आएर गोकर्ण विस्ट लगायत एमालेका केही नेताको कार्यशैली र विचारलाई लिएर आफू सो पार्टीमा रहन नसक्ने निर्णयमा पुगेको उनको भनाइ छ ।

उनले गोकर्ण विष्टलगायतका नेताहरू पनि ओलीकै जस्तो शैली बनेको आरोप लगाएका छन् । एमालेमा रहेर पनि ओली शैलीको विरोध गर्नुको साटो उनैलाई काँधमा राखेर हिंड्न थालेकाले यस्तो निर्णयमा पुग्नुपरेको बताए । कार्यशैली परिवर्तन नभए गुल्मीमा पनि एमालेमा ठुलो पहिरो जाने निश्चित रहेको उनले बताए ।

उनले पार्टी विभाजन गलत भएको भन्दै विभाजनको समयमा एमालेका १० भाइले पार्टी एकताका लागि ठिकै गरे भन्ने लागेर एमालेमै बसेको तर उनीहरू नै बिचौलिया रहेको थाहा पाएपछि पार्टी छाडेको बताए ।

ठकुरीले आफूहरूलाई गोकर्ण विष्टले पनि ढाँटेको बताएका छन् । त्यतिबेला विष्टले हस्ताक्षर गरेर एमालेको सरकारलाई विस्थापित गरेको तर अहिले आएर आफूलाई खाली कागजमा सही गराएको भन्दै ढाँटेको उनले बताएका छन् ।