चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको कडा टक्कर
गुल्मीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमाले उम्मेदवार प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मतगणना अनुसार ज्ञवाली र भण्डारीबीच ५ सय ९० मतको अन्तर रहेको छ ।
भण्डारीले १३ हजार ८ सय ९५ मत पाएका छन् भने ज्ञवालीले १३ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा लगातार ज्ञवालीले जित्दै आएका थिए ।