गुल्मी-भुर्तुङ्ग समितिका संस्थापक सल्लाहकारको निधन - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

गुल्मी-भुर्तुङ्ग समितिका संस्थापक सल्लाहकारको निधन



देबेन्द्र केसी,नयाँ दिल्ली

भारतमा कार्यरत भुर्तुड्गेलीहरुलाई सङ्गठित गर्ने ध्येयले स्थापना भएको गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति (भारत)का संस्थापक सल्लाहकार तथा नेकपा ऐमालेको भातृ सङ्गठन प्रवासी नेपाली सङ्घका दिल्ली समितिका नेता ६३ वर्षीय रेसम शाहको आईतवार  असोज ८ गते  रुपन्देही,बक्सरडाँडाबाट गुल्मी स्थित घर जादै गरेको अवस्थामा बाटैमा निधन भएको छ।

रुपन्देहीबाट छिमेकीको मलामी भएर पाल्पाको राम्दी गएका शाह राम्दीबाट हिजो पुर्तिघाट जाने गाडीमा पुर्तिघाट गएर बास बसेका थिए। आज बिहान पुर्तिघाटबाट भुर्तुङ्ग स्थित घर हिडेका शाह आज बिहान तल्लो कोर्याङ्गको खमारी पाटामा मृत भेटिएका हुन । “हार्ट अट्याक”का कारण निजको मृत्यु भएको समिति अध्यक्ष टिका बहादुर कार्की ले श्रोत लाई उद्धित गर्दै जानकारी दिनुभएको छ।

मान बहादुर शाहका ज्येष्ठ सुपुत्र रेसम शाहका दुई छोरा र एक छोरी रहेका छन् । नयाँ दिल्ली स्थित बिबिसी हिन्दीको मुख्यालयमा सुरक्षा निरिक्षकको रूपमा कार्यरत शाह दसैँ बिदामा नेपाल गएका थिए। उनी मृत भेटिएको ठाउँ घर देखी अन्दाजी २किमी टाढा पर्दछ ।पुर्तिघाटबाट छापचौर सम्म गाडी जाने भए पनि आफू पैदलै जाने भन्दै पुर्तिघाटबाट सखारै हिडेका थिए ।

“समितिले एक असल समाजसेवी लाई गुमाएको छ ।हरेक पलमा सहयात्री बनेर साथ दिनु भएका आदाणिय अभिवावकलाई समितिले गुमाउदा असीम पिडा बोध भएको छ” घटना बारे जानकारी दिँदै समिति अध्यक्ष टिका बहादुर कार्की ले भन्नुभयो । “हाल रुपन्देही जिल्लाको बक्सर डाँडामा बसाईसराई गरे पनि उहाँ हरपल भुर्तुङ्ग लाई मनमस्तिस्कमा लिएर हिँड्ने असल समाजसेवी हुनुन्थ्यो ।एउटा असल छोरालाई भुर्तुङ्गेली धर्तीले गुमाएको छ” समिति उपाध्क्ष शीतल शाहले भन्नुभयो ।

भुर्तुङ्गको हरेक दुखसुखमा साथ दिएका शाह विगत केही समय देखी आन्तरिक बिमारीबाट पीडित थिए । सम्भवत बिमारी कै कारणले हार्ट अट्याक भएको हुन सक्ने ठम्याई आफन्तजनको छ र लासको पोस्टमार्टमको लागि अहिले खैरेनी स्थित अस्पताल लगिएको जानकारी श्रोतले दिएको छ ।