गुल्मीको श्रृङ्गगामा जिप र मोटरसाइकल ठोक्कियो ,५ जना घाइते - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

गुल्मीको श्रृङ्गगामा जिप र मोटरसाइकल ठोक्कियो ,५ जना घाइते



राधा पोख्रेल/गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिका ४ श्रृङ्गगा कोल गैरामा जिप र मोटरसाइकल एकआपसमा ठोक्कीदा ५ जना घाइते भएका छन् घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
गौडाकोटबाट बलेटक्सारको लागि छुटेको जिप र पिपलनेटाबाट लुम्छाको लागी छुटेको मोटरसाइकल श्रृङ्गगा देउराली र पिपलनेटाको बिचमा ठोक्कीदा उक्त  दुर्घटना भएको हो ।

घाइते हुनेमा गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउका जिप चालक २३ वर्षका तारा रास्कोटि ,मालिका गाउँपालिका ६ का २२ वर्षका वसन्त पराजुली, रेसुङ्गा नगरपालिका २ का ३८ वर्षका गोपाल पोख्रेल,अर्घाखाँची मालारानी गाउँपालिका ४ का २२ वर्षका दिलीप केसी र मोटरसाइकल चालक छत्रकोट गाउँपालिका ४ का १८ वर्षका सालिकराम पन्थ रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये रेसुङ्गा नगरपालिका २ का ३८ वर्षका गोपाल पोख्रेलको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको श्रृङ्गगा प्रहरी चौकीले जनाएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ भने मोटरसाइकल पनि क्षतिग्रस्त रहेको छ ।फाईल तस्विर