BREAKING गुल्मीमा बम विष्फोट, खिलध्वज पन्थी र भगत खड्का तार्गेटमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

BREAKING गुल्मीमा बम विष्फोट, खिलध्वज पन्थी र भगत खड्का तार्गेटमा



गुल्मी, मंसीर ११ ,

नेपाली कांग्रेस गुल्मी जिल्लाको क्षेत्र नं २ मा चुनावी कार्यक्रममा जादै गर्दा अज्ञात समूहले गरेको वम विस्फोटमा नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं २ का पार्टी सभापति भगत खड्का बाच्न सफल भएका छन् ।

मुसिकोट नगरपालिका वाड नं १ को नेटा को घुम्तिमा उक्त विस्फोट भएको हो । गुल्मीको दर्लिङमा चुनावी सभा गर्नको लागि जाँदैगर्दा माथिबाट फालिएको वम गाडीभन्दा ५ मिटर पछाडि खस्नाले दुवैजनाको ज्यान बस्न सफल भएको हो ।

भगत खड्का का अनुसार प्रहरीलाइ खवर गरिएको र प्रहरी आएपछि कार्यक्रम मा जाने बताए । प्रहरी उपरीक्षक अनुराग दुबेदिले चौकिबाट प्रहरी को टोलि घटनास्थलमा पठाइसकिएको बताए । नेपाली कांग्रेस गुल्मी ले घटनाको भत्सर्ना गरेको छ र दोषीलाई कार्वाहीको लागि जोडदार माग गरेको छ ।

रेसुङ्गा न्युजको सहयोगमा