भारतमा गार्ड अफ अनर ग्रहण गरेपछि प्रम ओली मख्ख - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

भारतमा गार्ड अफ अनर ग्रहण गरेपछि प्रम ओली मख्ख



नयाँ दिल्ली ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन परिसरमा  भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको छ  ।

विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।

गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई संक्षिप्त सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरे ।

उनले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए । प्रधानमन्त्री ओलीले त्यसका लागि समकक्षी नरेन्द्र मोदीसँग एकजुट भएर अघि बढ्ने विषयमा कुराकानी भएको जानकारी पनि दिए ।

गार्ड अफ अनर ग्रहणपछि प्रधानमन्त्री ओलीले महात्मागान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।