गु फिल्म हाउसमा डमरुको डण्डीबियो प्रदर्शन हुँदै - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

गु फिल्म हाउसमा डमरुको डण्डीबियो प्रदर्शन हुँदै



एडीलेड

फिल्म ‘डमरुको डण्डीबियो’ साउथ अस्ट्रेलियाको गु फिल्म हाउसमा प्रदर्शन हुने भएको छ। मे १३ तारिखको दिन आइतबार नमस्ते नमस्ते ईभेन्टको आयोजनामा बेलुका ६ बजे फिल्म प्रदर्शन गर्न लागिएको आयोजक प्रदिप रानाभाटले बताए। २५ डलर शुल्क रहेको उक्त फिल्ममा खगेन्द्र लामिछाने मुख्य अभिनेताको रूपमा रहेका छन्।

लामिछाने र छेतन गुरुङको संयुक्त कथा लेखनमा तयार फिल्म ‘डमरुको डण्डीबियो’ लाई समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा सुमी श्रेष्ठ घले र विनोद गुरुङले निर्माण गरेका हुन भने छेतन गुरुङको निर्देशन रहेको छ ।

फिल्ममा अन्य कलाकार अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मि पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायत कलाकार छन्। नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई उतारिएको फिल्ममा सङ्गीत काली प्रसाद बास्कोटाको रहेको छ ।