गृहको नयाँ ऐनः गलत सूचना दिँदा जेल जानुपर्ने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

गृहको नयाँ ऐनः गलत सूचना दिँदा जेल जानुपर्ने



काठमाडौं – विपदको बारेमा कहिलेकाँही भ्रम छर्दा जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसले समाजमा नकारात्मक असर पार्ने गरेको छ ।

अब कुनै विपदको घटना हुन सक्ने अफवाह फैलाए १ लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयले बनाएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले यस्तो कारबाही गर्ने व्यवस्था गरेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा, आफूखुसी वितरण गरेमा वा व्यक्तिगत लाभमा प्रयोग गरेमा, विपदको समयमा अप्राकृतिक रुपमा बजारमूल्य बृद्धि गरेमा वा क्रितिम अभाव सिर्जना गरेमा वा गुणस्तरीय वस्तु तथा सेवाको कारोबार गरेमा पनि १ लाख रुपैयाँ जरिवाना वा २ बर्षसम्म कैद सजाय वा दुवै सजाय हुने उल्लेख छ ।

कसैले विपदको घटना गराउन सक्ने गरी लापरबाही गरेमा वा त्यस्तो घटना गराउन प्रतक्ष्य संलग्न भएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्राअनुसार ५ लाख रुपैयाँसम्म जरिवाना वा दुई बर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।