गृह मन्त्रालयमा आकस्मिक बैठक- यस्तो छ तयारी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गृह मन्त्रालयमा आकस्मिक बैठक- यस्तो छ तयारी



काठमाडौं– राजधानीका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम विस्फोट भएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको निन्दा गर्दै देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् ।

गृहमन्त्रालयका एक उच्च अधिकारीले सुरक्षा प्रमुख सहितको उक्त बैठकमा बादलले देशभरको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको भन्दै घटनाप्रति दुख व्यक्त गरेको जानकारी दिए ।

आइतबार राजधानीको सुकेधारा र अनामनगरमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने लगनखेल, नागढुंगालगायतका स्थानमा पनि बम विस्फोट भएको छ ।