सूर्यग्रहण जारी, यहाँ हेर्नुहोस लाइभ (LIVE) - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सूर्यग्रहण जारी, यहाँ हेर्नुहोस लाइभ (LIVE)



अहिले खण्डग्रास सुर्य ग्रहण लागिरहेको छ । कस्माेस्यापिन्सकाे युट्युब च्यानलबाट यसलाई लाइभ दिइएको छ ।

काठमाडौं उपत्यकामा बिहान ८ बजेर ४३ मिनेटमा सूर्यग्रहण सुरु भएकाे हाे।

नेपालको पश्चिम महेन्द्रनगरमा भने ८ बजेर ३८ मिनेट र पूर्व भद्रपुरमा ८ बजेर ४८ मिनेटमा ग्रहण सुरु भएको खगोलविद्ले बताएका छन्।

काठमाडौंमा १० बजेर १ मिनेटमा अधिकतम रूप लिँदा केही अँध्यारो र तापक्रम पनि घट्नेछ। ग्रहण ११ बजेर ३३ मिनेटमा सकिनेछ।

यो ग्रहण २०७६ सालको अन्तिम हो। यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो।

खगोलविद् तथा ज्योतिषशास्त्रीका अनुसार ग्रहणलाई नांगो आँखाले भने हेर्न हुँदैन। यसले दृष्टिमा असर पुर्‍याउँछ। दूरबिन आदिबाट भने ग्रहण हेर्न सकिने उनीहरूको भनाइ छ।

सूर्य वा चन्द्रमाको आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ। पूरै भाग कालो हुने ग्रहणलाई चाहिँ खग्रास ग्रहण भनिन्छ।

हेर्नुहोस लाइभ

यहाँ क्लिक गर्नुहोस